२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:10:50

Logo
Title
Image

सैनामैना नगरपालिका रुपन्देहीकोको बजेट ५४ करोड

- भदौ २९, २०७४

सैनामैना भदौ ।

सैनामैना नगरपालिका रुपन्देहीको पहिलो नगरशभाले आर्थिक बर्ष २०७४÷०७५ का लागि ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ । नगरपालिका घोषण भए पछिको पहिलो नगर शभा मार्फत बार्षिक बजेट प्रस्तुत गदै मेयर चित्र बहादुर कार्कीले सुखी सैनामैनाबासी र सम्बृद्ध सैनामैना नगरपालिका भन्ने नारा साकार पार्ने गरि बजेट निर्माण गरिएको बताउनुभयो । आधुनिक शहर सुबिधा सहितको व्यवस्थित नगर बनाउने तर्फ निति कार्यक्रम निर्देशित भएको कार्कीले बताउनुभयो ।

बजेटले सडक पूर्वाधार निर्माण प्राथमिकता दिदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडकहरु कालेपत्रे तथा स्तारोन्नति गर्न रु ६ करोड ७३ लाख ४१ हजार बिनियोजन गरिएको छ । शिक्षामा प्राबिधिक शिक्षालाई जोड दिनेछ , जसको लागि बिद्ययालयका प्राचार्य संग कार्यसम्पादन सम्झौता गर्ने निति बनाउन अध्यन सुरु गरिने बजेटमा उल्लेख गरिएको छ । शिक्षा क्षेत्रमा ९ करोड ८६ लाख ६९ हजार बिनियोजा गरिएको छ ।
यस्तै कृषि तथा पशुपालन तर्फ १ करोड ३५ लाख ७७ हजार बिनियोजन गरिएको छ । कृषि कार्यक्रम अन्र्तगत निर्वाह मुखी कृषी प्राणीलीलाई क्रमस बिस्थापित व्यवसायीक कृषि प्रणलिको बिकाश गरिने, दुग्ध उत्पादनमा सैनामैना नगरपालिकालाई आत्मनिर्भर बनाउने, सहकारीलाई कृषी उत्पादना तर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थाहरुको सवलिकरणको लागि १ करोड ७९ लाख बिनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलार्य १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाईने बजेटमा उल्लेख छ । धार्मिक, सास्कृतिक, ऐतिहासिक महत्वका क्षेत्रको संरक्षण गदै पर्यटकिय सम्भावनालाई अभिबृद्धि गर्न ८५ लाख ५० हजार बिनियोजा गरिएको कार्कीले प्रस्तुत गर्नु भएको बजेटमा समेटिएको छ ।
त्यस्तै गरि एक वडा एक खेल मैदान अवधारण अनुसार यस बर्ष बनकट्टामा फुृटवल स्टेडिएम र लम्टैयामा क्रिकेट स्टेडिएम निर्माण गरिने छ । जसको लागि परिषदले १० लाख बजेट पारीत गरेको छ । त्यसै गरि बन तथा वातावरण संरक्षण, खानेपानी, महिला शसक्तिकरण सेवा प्रवाह र शुशासन तथा संस्थागत बिकाश लाई बजेटले जोड दिएको छ ।
बजेटको पुर्ण कार्यान्वयनले जनताले स्थानिय तहमा सरकारको उपस्थितिको अनुभुति गर्ने छन भन्ने अपेक्षा रहेको मेयर कार्कीले बताउनुभयो

प्रतिकृया दिनुहोस