२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:54:03

Logo
Title
Image

कञ्चनमा जनआस्था पृथ्वी लिग फुटबल प्रतियोगिता हुने 

- भदौ २९, २०७४

सैनामैना भदौ । 


रुपन्देहीको कञ्चन गाउँपालीकामा पहिलो पटक जनआस्था पृथ्वी लिग फुटबल प्रतियोगिता हुने भएको छ । बिजया दशमीको अवसरमा जनआस्था पृथ्वी क्लब कञ्चन ४ थकालीचोकको आयोजना तथा कञ्चन गाउँपालीका जिल्ला फुटबल सघं र जिल्ला खेलकुद बिकास समितीको सहयोगमा प्रतियोगिता सञ्चालन गरीएको हो । बिगतमा नकआउट फुटबल प्रतियोगिता हुदै आएपनी यसबर्षबाट क्लबले लिग फुटबलको नया सुरुवात गरेको हो । 


प्रतियोगितामा गाउँपालीकाका ५ वडाको ५ टिम तथा आयोजक गरी ६ टिमको सहभागिता रहेनेछ । असोज ४ गते दिउसो ४ बजेबाट सुरु हुने प्रतियोगिताको बिजेताले ३० हजार, उपबिजेताले २० हजार प्राप्त गर्नेछन् । यस गाउँपालीकामा लुकेर रहेका क्षमतावान खेलाडी पहिचान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरीएको जनआस्था क्लबका अध्यक्ष कुल बहादुर क्षेत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई बिशेष पुरस्कार सगै थप अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । 


जनआस्था क्लबले यसअघि बिभिन्न सामाजिक कार्य गर्दै आएको हो । निशुल्क स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम, सरफाई , बृक्षारोपण लगायत बिकास निर्माणका कार्यमा यस क्लबले सक्रियता देखाएको सचिव पुरन रानाले बताए । २०६९ सालमा स्थापना भएको यस क्लबले आगामी दिनमा गाउँपालीकाको सहकार्यमा थप सक्रियता देखाउने क्लबका उपाध्यक्ष मिलन रानाले बताए । 
 

प्रतिकृया दिनुहोस