Logo
Image

सैनामैनाका ३० कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण

- जेठ ३, २०७५

सुरेश परियार/ सैनामैनाका ३० जना कृषकले ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री प्राप्त गरेका छन् ।सैनामैना नगरपालिका अन्र्तगत कृषि विकास शाखाको आर्थिक वर्ष ०७४\७५को वार्षिक स्विकृत कार्यक्रम अनुसार प्लाष्टिकको १६ लिटरको स्प्रेयर मेशिन ५० प्रतिशतको अनुदानमा एक कार्यक्रमका विच वितरण गरिएको हो ।

कृषि उत्पादन क्षेत्रमा कुनै ह््रास नआओस र उत्पादकत्वमा बृद्धि होस भन्ने उदेश्यले सैनामैना नगरपालिकाले कृषि विकास अनुदानमा यस वर्षका लागी विनीयोजित ४१ लाख वजेट अन्र्तगत आज ३० वटा किटनाशाक औषधी छर्ने मेशिन सैनामैनाका ११ वटै वडाका ३० जना कृषकलाई समेटेर १ –१ वटाका दरले मेशिन प्रदान गरिएको हो ।

कृषि सेवा केन्द्र पर्रोहा सैनामैना ४, मुर्गिया भएको कार्यक्रम सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कृषि सेवा केन्द्र पर्रोहा शाखाका प्रमुख साधुशरण यादवको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस