२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:16:09

Logo
Title
Image

माओवादी चुनावअघि सरकारबाट नबाहिरिने

- असोज १८, २०७४

काठमाडौं, असोज । 
नेकपा माओवादी केन्द्रले चुनावअघि सरकारबाट नबाहिरिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पारेको छ ।
प्रधानमन्त्री देउवासँग मंगलबार दुईपटक भेट्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र भएको र तत्काल सरकारबाट नबाहिरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
कसै न कसैसँग तालमेल गरेर चुनाव लड्ने पार्टीको तयारी अनुसार एमालेसँग तालमेल गरेको तर अहिलेकै सरकारले चुनाव गराउने भएकाले आफुहरु सरकारबाट नबाहिरिने बताउनुभएको थियो । छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड सहित कांग्रेस नेताहरु सहभागी भएका थिए ।  
 

प्रतिकृया दिनुहोस