२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:55:22

Logo
Title

खोटाङमा बित्तिय साक्षरता कक्षा सुरु

- असोज १८, २०७४

असोज 
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा वित्तीय साक्षरता कक्षा सुरु भएको छ  । लफ्याङको छार्का, लुछिम र नर्कटेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारका लागि कक्षा सुरु गरिएको हो । 
 
बालसेवा समाज नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना ९सामी०  अन्तर्गत वैदेशिक विदेशमा कमाएको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिकाउन र दैनिक खर्च सहितको व्यावहारमा परिवर्तन ल्याउने उद्देश्य सहित कक्षा सुरु गरेको हो । 
 
२८ हप्तासम्म सञ्चालन हुने वितिय साक्षरता कक्षा रुपाकोट मझुवागढी नगरपालिकाका एक, दुई र चार नम्बर वडामा सञ्चालन गरिने वित्तिय साक्षरता सहजकर्ता मिनप्रसाद आचार्यले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस