Logo
Image

मुख्यमन्त्री सामु किशोर–किशोरीले भने ‘बाल विवाह मुक्त प्रदेश बनाऔं’

- भदौ ४, २०७५


गणेश पोख्रेल /
सैनामैना, ३ भाद्र । 
बाल बिवाहले गाउँमा निकै समस्या निम्त्यायो, बालअधिकारका बिषयमा चासो दिनुपर्यो मुख्य मन्त्री ज्यू “हामी सबै मिलेर बाल विवाह मुक्त प्रदेश बनाऔं ।” रुपन्देहीको सैनामैना नगरपालीका कञ्चन, गैडहवा, शुद्धोधन, मायादेवी गाउँपालीकाका साथि सञ्जाल आवद्ध ५० बढि किशोर किशोरीले गाउँमा बालविवाहको अवस्था,  यसले निम्त्याएका समस्या तथा युवाहरु लागुपदार्थ दुब्र्यसनीमा फस्दै गएकोमा चिन्ता ब्यक्त गर्दै आईतबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा पुगेर ध्यानाक्रर्षण गराएका छन् ।


साथि सञ्जालमा आवद्ध २७ सय किशोर किशोरीका प्रतिनिधीहरु किशोरी टिका थापा, इन्दु परियार, भवि क्षेत्रि, रित्तिका भट्टराई, निसा दर्जी लगायतका किशोरीले बेरोजगारीको समस्याले युवाहरु लागुपदार्थको दुब्र्यसनी तथा सामाजिक बिकृती हुने गतिबिधिमा संलग्न भएको, प्रहरी प्रशासनको पुर्ण नगएको गुनासो गरे । 


सहभागिका जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शंकर पोख्रेलले साथि सञ्जालले समाज परिवर्तनमा खेलेको भुमिकाको प्रसंसा गर्दै अभियानलाई सार्थक बनाउन सबैको साथ हुनुपर्ने तर्क गरे । नयाँ पुस्ताले आधुनिक कृषि मार्फत रोजगारीका अवसर सिर्जना गर्नुपर्ने भन्दै मुख्य मन्त्री पोख्रेलले भने “समाज बदल्ने अभियानमा रहेका किशोर किशोरीहरु आफै नमूना बनेर समाजमा जानुस् ।” 


बाल विवाहका बिषयमा अड्दा अदालतमा मात्रै चेतना भएर हुँदैन गाउँ गाउँका आमाबाबुलाई पनि कानुन बुझाउनुप¥यो भन्ने साथि सञ्जालका सदस्यहरुको प्रश्नमा मुख्यमन्त्री शंकर पोख्रेलले भने कानुनले बैधानिकता नदिएको विवाहलाई मान्यता दिदैनौ, कानुने पढ्ने र अरुलाई बुझाउने अभियानमा तपाईहरुको साथ आवश्यक छ । सोही भेलामा प्रदेश सभा सचेतक भुमिश्वर ढकालले ग्रामिण क्षेत्रबाट पृथक कार्यको आरभं गरेको भन्दै सुनगाभा सामुदायिक विकास केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै सदैव साथ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । 


किशोर किशोरीका समस्या हटाउनका लागि उनीहरूकै सक्रियता रहनेगरी साबिकका सालझण्डी गाविस,गजेडी, रुद्रपुर, सूर्यपुरा, धमौली, साडी, जोगडा, मानमटेरीया, ठुटाबगर गरी ९ गाविसका ७ वटा साथि सञ्जाल आवद्ध २७ सय किशोर किशोरीहरु छन् ।जसमा दैनिक ३ घण्टा किशोर किशोरीबीच बालविवाह, अशिक्षा, आत्मजागरण तथा जीवन उपयोगी सीप प्रदान गर्नेजस्ता विषयमा छलफल चलाइँदै आएको छ ।मधेसी समुदायको बस्ती रहेको क्षेत्रमा सानै उमेरमा परिवारको जिद्धीले विवाह गनुपर्ने, कति अभिभावकले फकाई फुल्याई विवाह गराइदिन्छन् भने केटाकेटीले नमान्दा कति अभिभावकले जबरजस्ती विवाह गराइदिने गरेका छन ।


बालविवाहका कारण विभिन्न खाले समस्या हुने भएकाले त्यसका बिरुद्धमा एक हुनका लागि बालविवाह बिरुद्धको अभियानको नेतृत्व सुनगाभा सामुदायिक विकास केन्द्रले चलाएको कार्यक्रम संयोजक गोपाल केसीले बताए ।
 

प्रतिकृया दिनुहोस