२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:55:41

Logo
Title
Image

सौराहामा बढ्दै पर्यटकको चहलपहल

- असोज १८, २०७४

१८ असोज, काठमाडौं । 
आफूले निकै मेहनतपूर्वक बनाएको ‘सौराहा बिच’ कुनै दिन ध्वस्त होला भनेर सोचेकासम्म थिएनन्, बलराम दाहालले । सिंगो सौराहाकै सौन्दर्य बनेको थियो, उक्त बिच ।

२८ साउनको बाढी सौराहा बिचमा यति उग्र बनेर आयो, क्षणभरमै भताभुंग बनाइदियो । पर्यटकले भरिभराउ सौराहा उजाड बन्यो । सौराहा आएकाहरु फर्किन थाले भने आउने तयारीमा रहेकाले पनि यात्रा रद्द गरे । तैपनि व्यवसायीले हिम्मत हारेका छन् । सौराहाको सौन्दर्य फर्काउने अभियानमा उनीहरु जुटेका छन् । सौराहाको पब क्षेत्रमा रेस्टुराँ चलाउँदै आएका व्यवसायी दाहाल अहिले बाढीले भत्काएको बिचको पुनर्निर्माणमा जुटेका छन् ।

प्रकृतिले मच्चाएको त्यो उपद्रो दाहालको स्मृतिमा ताजै छ । बिच क्षेत्रमा मात्र करिब ७० लाखबरावरको क्षति भएको थियो ।पुनर्निर्माणमा जुटेका दाहालले २७ लाख खर्च गरिसकेका छन् । अझै ४५ लाख खर्च गर्नुपर्ने छ । ‘ठूलो बाढी आउला भन्ने सोचेकासम्म थिएनौं । अब बन्ने सौराहा बिच पहिलेभन्दा बलियो र राम्रो हुनेछ,’ दाहाल भन्छन् ।

बिच क्षेत्रमा दाहालसहित ६ जनाले सञ्चालन गरेको रेस्टुराँ बाढीले ध्वस्त बनाएको थियो । अन्य पाँच जना पनि अहिले धमाधम सोही क्षेत्रमा संरचना निर्माणमा जुटेका छन् ।

व्यवसायी मधुसुदन सिलवाल रेस्टुराँ, किचन, गाइड अफिस निर्माणमा जुटेका छन् । ५ असोजदेखि सुरु भएको निर्माणमा हालसम्म १५ लाख खर्चिसकेका छन्, सिलवालले ।

‘माटो फिलिङको काम सकेर रेस्टुराँ, बार, स्टाफ रुम, किचन, स्टोर र ट्वाइलेट निर्माण भइरहेको छ,’ उनी भन्छन् । व्यवसायी पुरुषोत्तम लामिछाने, घनश्याम चौधरी, कृष्णप्रसाद खतिवडा, गणेशप्रसाद खतिवडा धमाधम संरचना निर्माणमा व्यस्त छन् ।

‘बाढीको पीडा भुलेर २० असोजभित्र सबै रेस्टुराँ सञ्चालनमा ल्याउने तयारीमा छौं,’ दाहाल भन्छन्, ‘बिच क्षेत्रका रेस्टुराँ नहुँदा सिंगो सौराहा नै ध्वस्त भएको सन्देश बाहिर गयो, जसले पर्यटक व्यवसायमा ठूलो घाटा हुने देखियो ।’


उक्त क्षेत्रमा लाखौंको लगानीमा बनेका रेस्टुराँहरु कहाँ थिए भन्ने पनि पत्तो पाउन मुस्किल हुने गरी बाढीले क्षति गरेको थियो । रेवान सौराहाका वरिष्ठ उपाध्यक्षसमेत रहेका दिपक खतिवडाले ८० लाख लागतमा निर्माण गरेका थिए, रेस्टुराँ । बाढीको चपेटामा परेर अहिले नामोनिशान भेटिँदैन ।

रेस्टुराँ तथा बार एसोसिएसन ९रेवान०अन्तर्गत् सौराहामा ५२ वटा रेस्टुराँ आवद्ध छन् 

प्रतिकृया दिनुहोस