२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:52:50

Logo
Title
Image

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान 

- असोज १८, २०७४

भारत, । 
भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी ९सुसेली० बजाएर विश्व कीर्तिमान राखेकी छन् ।चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी ९सुसेली० बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी ९सुसेली० बजाउने ब्यक्तिको कीर्तिमान क्यानेडियन महिला जेनिफर अनीवी डेविसको नाममा रहेको थियो । डेविसले लगातार २५ घन्टा ३० मिनेट ५ सेकेन्डसम्म सिट्ठी बजाएकी थिइन् ।

उनले गत शनिबार बिहानदेखि आइतबार दिउँसो ३ बजेसम्म ३० घन्टा १ मिनेट १० सेकेन्डसम्म सिट्ठी बजाएपछि जेनिफरको कीर्तिमान् भंग भएको हो ।  शास्त्रीय संगीतको पोख्त गायिकासमेत हुन् । उनले यस कीर्तिमानीको लागि हिन्दि चलचित्र ‘रकस्टार’ को गीत ‘तुम हो’लाई सुसेलेर सिट्ठी बजाएकी थिइन् ।

प्रतिकृया दिनुहोस