Logo
Image

कञ्चनपुर घटना : विद्यार्थीको प्रदर्शन

- असोज ४, २०७५

कञ्चनपुरको निर्मला पन्तको घटनाको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै रुपन्देहीको बिद्यार्थीले ¥याली निकालेका छन् । देशैभर न्यायको माग गर्दै आमजनताले नारा, जुलुस, ¥याली प्रदर्शन गर्दा रुपन्देहीमा भने बिद्यार्थीले नै ¥याली निकालेका हुन् । सुनगाभा जुनियर रेडक्रस सर्कल, मुर्गियाले असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्कले कञ्चनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै उक्त ¥यालीको गरेको हो । ”संविधानको पालना गरौँ, महिला हिंसा अन्त्य गरौँ ” भन्ने नाराको साथ सर्कलले उक्त ¥यालीको आयोजना गरयो । 


‘संविधानमा नीति, नियम लेखेर मात्र हुँदैन , यदि नीति, नियमलाई सार्थक बनाउनु छ भने सुरुमा निर्मला पन्तजस्ता हजारौँ पीडितलाई न्याय दिनुपर्छ ’भन्ने जस्ता प्लेकार्डहरु प्रदर्शन गरीएको थियो । विद्यालयबाट सुरु गरिएको उक्त ¥याली मुर्गिया बजार परीक्रमा गर्दै बिद्यालयमा पुगेर कोणसभामा परिणत भएको हो । 


कोणसभामा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमला अर्यालले भनिन् “समाजमा महिला हिंसा, अपहरण, बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । घरबाहिर मात्र नभएर आफ्नै घरभित्र पनि महिलाहरु यस्ता घटनाको सिकार भएका छन् ।’ यस्ता घटनाको चाँडै अन्त्य हुनुपर्दछ ।’ 


कार्यक्रम सुनगाभा जुनियर रेडक्रस सर्कल समिति अध्यक्ष कमलराज न्यौपानेको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमला अर्यालको प्रमुख आतिथ्यता, विद्यालय प्राचार्य तीलव के.सी.को आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रम  विद्यालयका सह–प्राचार्य कमल चन्द्र पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य केदार कार्की, लक्ष्मी जी.सी., शिक्षक नायक लक्ष्मण खनाल, बिना गौतम, लिल ब. थापा, मेघराज अर्याल, विवेक विश्वकर्मा र बिक्रम गौतम लगायत विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 


बिद्यालयमा आयोजीत सभामा राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा क्रमशः स्वर्ण पदक र कास्य पदक प्राप्त गर्न सफल सुनगाभामा अध्ययनरत टीका पुन र रेश्मा घतानेलाई सम्मान गर्दै हौसला प्रदान गरीएको बिद्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस