२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:20:28

Logo
Title
Image

पर्यटकिय सम्भावना बोकेको         सालझण्डी – फुलबारी  

- असोज १८, २०७४

 सैनामैना  ।
बुटवल उपमहानगरपालीका क्षेत्रभित्र रहेको फुलवारीको चर्चा धेरै हुन्छ । साहेत कमै सङख्यामा होलान फुलबारी नाम नसुनेका ।जहा पिक्नीक स्पोट देखि अन्य भौतीक पुर्वाधारले सुसज्जीत रहेको छ । दैनिक हजारौ सङख्यामा फुलबारीको अवलोकनको लागि पुग्छन् ।
तर, रुपन्दहीमा पर्यटकिय सम्भावना बोकेको फुलबारी नामकै अर्को ठाउँ रहेको छ । जुन सालभण्डी शन्धिखर्क ढोरपाटन सडक अन्तरगत सालझण्डी चोकबाट उत्तर ३ किलोमिटरको दुरीमा झिमझिमिया हुदै पुगिन्छ ।
चुरेपहाडको काखमा रहेको फुलवारी क्षेत्रमा पुग्दा साच्चै पहाडी क्षेत्रको झल्को मेटाउने वातावरणले भुलाउछ । वरीपरी शान्त,हरीयाली वातावरण,दक्षिणमा छलछल बगिरहेको नदी,आपका  रुखहरुले ढपक्कै ढाकिएको फुलबारी पुगेपछी त्यो ठाउँले नै धेरैलाई मोहीत पार्छ ।
पुर्व र दक्षिण क्षेत्रमा सामान्य मानव बस्ती तथा पश्चीम र उत्तरमा हरियाली वोटबिरुवाले घेरीको फुलवारीमा एउटा  शिवालय मन्दीर छ । पहाड तराईको सिमा स्थल फुलवारीलाई  योगिकुटी पनी भन्ने गरीन्छ । यसले  प्राचिन धार्मिक महत्व बोकेको छ ।

प्रतिकृया दिनुहोस