२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:14:40

Logo
Title
Image

रुपन्देहीमा ‘च्याउ खेती’राम्रो 

- असोज १८, २०७४

बुटवल । 
केही दिन पहिला जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीले जिल्लाका करिव ३० जना  कृषकहरुको लागि च्याउ खेती  गर्ने तरिकको वारेमा तालिम आयोजना गर्ने निणर्य गर्यो । तर यसको माग यती धेरै भएकोकी उक्त तालिम लिनकोलागि करिव ४ सय जना भन्दा बढि कृषकहरुले ईच्छा  देखाए ।

जिल्ला कृषि विकास कार्यालयलाई सिमित स्रोत र साधनमा तालिम प्रदानको लागि अफ्ठारोे भयो । ३० जना बाहेक अन्य कृषकहरुलाई गाँउ— गाँउमा गएर तालिम प्रदान गर्ने  निर्णय समेत गरियो । यो कृषकहरुमा आएको उत्साहको एउटा नमुना मात्र हो । अहिले  रुपन्देहीका अधिकांस क्षेत्रमा च्याउ खेती गर्ने कृषकहरुको संख्या उल्लेखनिय रहेको छ । अहिले सम्म जहा च्याउ खेतीको लागि जिल्ला कृषि विकास कार्यालयले तालिम अयोजना गर्दछ त्यहा कृषकहरुको सहभागीता उत्साजनक हुने गरेको छ । 


जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका  प्रमुख विष्णुभद्र अधिकारी अनुसार च्याउ खेती गर्नको लागि तालिम लिनको लागि जिल्ला कृषि विकास कार्यालयमा आउने कृषकहरुको संख्या  अधिक रहेको छ । 

प्रतिकृया दिनुहोस