Logo

​​​​​​​सैनामैनामा खुल्ला डान्सिङ आईडल २०७५ सुरु 

- असोज २१, २०७५

सैनामैनामा खुल्ला डान्सिङ आईडल २०७५ आज देखी सुरु भएको छ । खुल्ला डान्सिङ आईडलबाट १५ प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । 
वडा नं १० को सभाहलमा भएको कार्यक्रममा २१ प्रतिस्पर्धाी मध्ये १५ जना छनोट भएका हुन् । छनोट भएका प्रतिस्पर्धीले असोज २८ गते फाईनल प्रतिस्पर्धा गर्ने मेलाका अतिरिक्त क्रियाकलाप संयोजक देबिदत्त सुबेदीले जानकारी दिनुभयो । 


महोत्सबमा स्थानीय प्रतिभाको खोजी अन्र्तगत २६ गते दिउँसो २ बजे शहिद नारायण पोख्रेल रामापुर क्याम्पस, २७ गते दिउँसो १ बजे सैनामैना २ मा रहेको बाबरी पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । यसैगरी सम्पुर्ण स्थानबाट पहिलो अडिसनबाट छनोट भएका प्रतियोगिहरुको फाईनल प्रतिस्पर्धा असोज २८ गते ग्लोबल पार्टी प्यालेसमा हुनेछ ।  


कार्यक्रम मेलाका मेलाका अतिरिक्त क्रियाकलाप संयोजक देबिदत्त सुबेदीको अध्यक्षता,पुर्णिमा विकाश बैंक मुर्गिया शाखाका प्रबन्ध निर्देशक तारा अर्यालको प्रमुख आतिथ्यता,वडा नं १० का वडाध्यक्ष लोक नारायण थापा,वडा नं ६ का बसन्त पाण्डे,वडा नं ११ का कार्यबाहक अध्यक्ष रामप्रसाद भुसाल,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय सदस्य नारायण भुसालको आतिथ्यतामा सम्पन्न भएको हो । 


सैनामैना व्यापार संघका सचिव एवं मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालको स्वागत तथा संचारकर्मी बन्दना न्यौपानेको संचालनमा सम्पन्न भएको हो । 
कार्तिक ८ गतेदेखी १८ गते सम्म संचालन हुने तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला पर्रोहा माविको खेल मैदानमा हुनेछ । 
डान्सिङ आईडलमा प्रथम,द्धितीय,तृतिय र शान्तवना हुनेलाई क्रमश ः नगद ७५ हजार टफ्री र प्रमाण पत्र, नगद ५० हजार ट्रफी र प्रमाण पत्र,नगद २५ हजार ट्रफी र प्रमाण पत्र, नगद १० हजार र प्रमाण पत्र,नगद ५ हजार र प्रमाण पत्र वितरण गरिने छ ।

प्रतिकृया दिनुहोस