२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:53:02

Logo
Title
Image

तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् ; प्रधानमन्त्री 

- असोज १८, २०७४

जनकपुर । 
प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको प्रचारका लागि विभिन्न दलका शीर्ष नेताहरु अहिले तराई–मधेसमा केन्द्रित छन् ।


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि तराई–मधेसका विभिन्न जिल्लाको भ्रमणमा छन् ।

यसैक्रममा जनकपुर पुगेका प्रधानमन्त्री देउवासँग  विशेष संवाद 

तपाइँले प्रदेश नम्बर–२ को निर्वाचनको सिलसिलामा केही स्थानहरुको भ्रमण गर्नुभयो । जनताको उत्साह कस्तो पाउनुभयो ? 


जनता अत्यन्तै उत्साहित छन् । दैनिक जनतासँग सरोकार राख्ने स्थानीय तहको निर्वाचन भएकाले जनताको उपस्थित र चासो बढी छ । त्यसैले यो चुनावमा अत्याधिक मत खस्नेछ ।

मधेसलाई अलिक फरक दृष्टिकोणले हेर्ने र साप्रदायिकता फैलाउन प्रयास भएको थियो । अहिले गाउँ पुग्दा यहाँले कस्तो पाउनुभयो रु
तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् । प्रजातन्त्रवादी छन् । भाषाभाषी, संस्कृति र रहनसहनकाबारेमा चासो राख्नु स्वाभाविक नै हो ।

नेपालको संविधानले सबैलाई अधिकार दिएको छ । मधेसी जनता अधिकारकाबारेमा जागरुक हुनु स्वाभाविक पनि हो । स्थानीय भाषा र संस्कृतिमा हामी गम्भीर हुनुपर्छ ।

नेपालमा विकासको दृष्टिकोणले अलिक सुस्त भइरहेको पाइन्छ । किन यस्तो भइरहेको छ ? 
विकास नेपालमा अघि बढेको छ । विगत १० वर्ष मुलुक द्वन्द्वमा फसेकाले केही समस्या भएको हो । तर, अहिले विकासका कामहरु भइरहेका छन् । स्थानीय तहले पनि स्थानीय विकासलाई प्राथमिकता दिएको छ ।

तपाइँको विचारमा यतिबेला मधेसका मुद्दाहरु सम्बोधन भएजस्तो लाग्छ ? 
हामीले मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन गर्न खोजेका थियौं । तर, दुई तिहाइ पुग्न सकेन । एमालेले मानेन । तर, भोलि जनताले यसबारे बुझ्नेछन् ।

मधेसबाट तपाइँले परिणामको कस्तो आशा गर्नुभएको छ ? 
मधेसमा हाम्रो एकदम राम्रो परिणाम आउँछ । मधेसकेन्द्रित दलहरु एकजुट छैनन् । त्यसैले हामी पहिलो पार्टी बन्छौं ।

प्रतिकृया दिनुहोस