Logo

दशै पर्व : यसरी मनाउँदैछन् रुपन्देहीका पत्रकारहरु 

- कार्तिक १, २०७५

नेपालीहरुको महान चाड बडा दशैको आज नवौ दिन । दशैलाई नेपालीहरुको प्रमुख चाडको रूपमा मानिन्छ । दशै हिन्दू धर्मालम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पुजाआराधना गरी दशमीको दिने टिका – प्रसाद ग्रहण गर्ने गरिन्छ । असत्य माथी सत्यको बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैको टिका थाप्नका लागि अहिले प्रायजसो नेपालीहरु आफ्नो पुर्ख्यौली,जन्मघर पुगिसकेका छन् भने केही जाने तयारीमा छन् ।  
विजयादशमी २०७५ को पावन अवसरमा रुपन्देहीका पत्रकारहरुले कसरी मनाउँदैछन् त दशै रेडियो मलमलाका लागी विष्णु खत्रीले तयार पानुभएको संक्षिप्त जानकारी  ः 

यानेन्द्र जि.सी 
हिन्दुहरुको महान चाड बडा दशै पर्वलाई हर्षोउल्लासका साथ मनाउनका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी आफ्नो पुर्खौली घर प्युठान जिल्लाको झिमु्रक गाउँपालिका एक हप्ता अघि नै पुगिसकेका छन् । उनले दशैमा परिवार संग रमाईलो गरी टिका थाप्न र आर्शिवाद लिन पाउँदा निकै खुसी लाग्ने बताए । सम्पुर्ण आफन्तजन ईष्टमित्र,साथीभाई संग भेटघाट हुने भएकाले यस पर्व उनलाई सबैभन्दा महत्वपुर्ण चाड लाग्ने गर्दछ । 

छबि पाण्डे 
छबि पाण्डे लामो समयदेखी गोरखापत्र संस्थानमा आवद्ध छन् । उनी अहिले गोरखापत्र संस्थानको प्रदेश न. ५ को संयोजक पदमा रही पत्रकारिता क्षेत्रमा कलम चलाईरहेका छन् ।  
पाण्डेले यस वर्षको दशै सैनामैना ४ लेडुवामा रहेको आफ्नै निवासमा नै मनाउने तयारी जुटेका छन् । बुबाआमा र आफन्तको हातबाट टिका लगाएर आर्शिवाद थाप्दा निकै हर्षित हुने बताउँछन् । श्रीमति, भाई छोरा, छोरी घरपरिवार सबैसँग बसेर दशै मनाउन निकै रमाइलो लाग्ने बताए । पाण्डेले घरमा टिका लगाएपछि टिका थाप्न ससुराल जाने योजना रहेको सुनाए । साथै पाण्डेलाई दशैमा विशेष गरी पुस्तकहरु पढ्न नै बढी ईच्छा लाग्ने गर्दछ तर यसपालीको दशैमा बुवाको स्वास्थ्यमा समस्या भएका कारण पुस्तक पढ्न समय नमिलेको बताए ।  

ऋषिराम न्यौपाने 
रेडियो मलमला ८८.६ मेगाहर्जमा स्टेशन म्यानेजरको रुपमा कार्यरत ऋषिराम न्यौपानेले यस वर्षको दशै सैनामैनामा रहेको आफ्नै निवासमा मनाउने तयारीमा छन् । न्यौपानेले मान्यजनको मा गई टिका ग्रहण गरी आध्यात्मिक र वैज्ञानिक तरिकाबाट यो पर्व मनाउन लागेका छन् । न्यौपाने भन्छन् – दशैको खाली समयमा अनावश्यक गफ गर्न भन्दा सकारात्मक पुस्तकहरु अध्ययन गर्नेछु । साथै बेष्ट सेलर बुक पढ्दै र किताब लेखेर  यो पर्व मनाउदै छु ।सम्पुर्णमा सर्वपक्षीय समृद्धिको कामना सहित बडा दशैको शुभकामना व्यक्त गर्न चाहान्छु । 

अमृता अनमोल
पत्रकारिताको क्षेत्रमा कलम चलाउँदै आफुलाई निकै व्यस्त बनाएकी कान्तिपुरकर्मी अमृता अनमोल फुर्सदको समय निकालेर अहिले भारतमा छिन् । श्रीमान् दिपक ज्ञवाली र छोरा संगै भारत गएकी अनमोलले भारतमै दशै मनाउने छिन् । आफ्ना आफन्तजन परिवार संग भेटघाट भई मान्यजनबाट टिका थापी आर्शिवाद लिन पाउँदा दशै पर्व आफुलाई विशेष लाग्ने गरेको बताईन् । 

निरु गौतम

लामो समयदेखी बुटवलमा रहेर बिभिन्न सन्चार माध्यममा आवद्ध पत्रकार निरु गौतम अहिले बिभिन्न कार्यक्रममा उपस्थित हुनेदेखी लिएर घर परिवार सङ्गै पत्रकारितामा अझै सकृय भएर लागेकी छन् । गौतम पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष हुन् । साथै उनी रासस उपसमाचारदाताको रुपमा समेत कार्यरत छिन् । गौतमको परिवारमा यस वर्ष बडाा दशैैैैको टिका छैन् । यस बर्षको दशैमा रिपोटिङ संगै समाचार तयार पार्नमै व्यस्त हुने गौतमले बताईन ।

रेखा भुसाल 
रुपन्देहीमा पत्रकारितामा अब्बल मानिएकी नागरिक दैनिक कमी रेखा भुसाल तिलोत्तमामा रहेको आफ्नो निवासमा परिवार संगै दशै मनाउँने सोचमा छिन् । घरमा सासु ससुरा संगै मान्यजनको हातबाट आफुले टिका ग्रहण गरी आर्शिबाद लिने र सानालाई आफुले टिका लगाई दिएर आर्शिवाद दिई मिठा मिठा खाने कुरा खाएर दशै मनाउने बताईन् । भुसाल भन्छिन ˗ यस वर्ष माईती घरमा टिका छैन् । त्यसैले घरमा मात्र टिका ग्रहण गर्ने तयारीमा छु । दशैको बेलामा पिङ त त्यत्ति खेल्दिन तर पुस्तकहरु पढनेछु । 

कृष्ण खनाल
कृषि पत्रकारितालाई आफ्नो मुख्य बिट बनाएर बुटवलमा रही पत्रकारिता गरिरहेका कृष्ण खनाल अहिले दशै मनाउन आफ्नो घर अर्घाखाँची जिल्ला पुगिसकेका छन् । पत्रकार खनालले दशैमा ठूलाबडाको हातबाट आर्शिवाद लिएर जमरा लगाउँदा खुबै आनन्द आउँने बताउँछन् । 

कपिल ज्ञवाली 
बुद्ध टेलिभिजन र विभिन्न अनलाईन पत्रिकामा व्यस्त हुने सक्रिय पत्रकार हुन् कपिल ज्ञवाली । ज्ञवालीले यस वर्षको दशै रुपन्देहीमै आफ्नै घरपरिवार र अफिसमा दशै पर्व मनाउँने योजनामा छन् । उनले टिका थापि सकेपछि नियमित जस्तै अफिसमै काम गर्ने सुनाए ।  ज्ञवालीले दुखेसो पोख्दै यस्तो बताउँछन्– “बाल्यकालमा खुबै पिङ खेल्न्थ्यिो तर अहिले खेल्न पाईएको छैन् यसमा चिन्ता लाग्छ । ”

विकाश पराजुली 

जनता टेलिभिजन लगायत अन्य संचार गृहमा आबद्ध पत्रकार विकाश पराजुली आफ्ना बुवा आमाको हातको टिका थाप्न र आर्शिबाद लिन गुल्मीको मालिका गाउँपालिका अर्जेमा छन्् । उनले भने˗ मलाई दशै एकदमै मनपर्छ । दशैका बेला आफन्त, परिवारका साथै बाल्यकालका साथी सँग भेटघाट हुने गर्दछ । मलाई दशैमा टीका थाप्दा र आर्शिवाद लिन सबैभन्दा बढी मनपर्छ । आफ्नो गाउँमा पुर्णिमा सम्म मेला लाग्ने गरेको सुनाउँदै मेलामा सराय नाँच हेर्न पाउँदा खुबै आनन्दको अनुभुति हुने बताउँछन् । 

माया के.सी 
बुटवल टुडे पत्रिकामा कार्यरत पत्रकार माया के.सी यस वर्षको दशै घरमा र मामा घरमा गएर टिका ग्रहण गरी आर्शिवाद लिएर मनाउँदै छिन् । उनले दशैको रौनक बढे संगै टिका लगाउन मामा घर जान पाउँदा अझै बढी मज्जा लाग्ने बताईन् । के.सीले भनिन्˗ एक आपसमा सुख दुख ,आर्शिबाद साटा साट हुने भएकाले पनि दशैको महत्व धेरै भएको हो, जस्तो लाग्छ । 

उषा किरण पन्थ 
रेडियो रिपब्लिककी स्टेशन म्यानेजर उषा किरण पन्थको घरमा यस वर्ष टिका छैन् । पन्थ दशैको समयमा अफिस संगै अन्य काममा व्यस्त रहने बताईन् । उनी भन्छिन–् टिका नभएपनि पिङ खेल्ने रमाईलोका लागि तास भने खेल्ने गर्छु । 

अस्मिना पाण्डे 
लुम्बिनी टेलिभिजन संगै रेडियो मुक्तिमा कार्यरत अस्मिना पाण्डे दशैका लागि बुधबार अर्घाखाँची गएकी छन् । उनले पहिला आफ्नो घर अर्घाखाँचीमा सासु ससुराको हातको टिका र आर्शिवाद लिएर स्याङ्जा आफ्नो माईती घरका बुवा आमा र आफन्तजनको टिका र आर्शिवाद लिने योजनामा छिन् । दशैको बेला टिका र जमरा लगाईँदिदा रमाईलो र खुसी लाग्ने गरेको सुनाउँदै सबै नेपालीहरुलाई देखासिकीमा तडक भडक गरी दशै नमनाउन सुझाव समेत दिईन् । 

प्रकाश डुम्रे 

बुटवलमा रहेर पत्रकारिता गर्दै आएका प्रकाश डुम्रे दशै मनाउन आफ्नो घर स्याङ्जा पुगेर गाँउघरमा रमाईलो गर्दै छन् । दशैमा  आफन्तजन, ईष्टमित्र,दाजुभाई संग मिलेर डुम्रेले दशै मनाउँदै छन् । शहर बजारमा भन्दा गाउँ घरमा दशै खुबै रमाईलो हुन्छ । परदेशिएका साथीहरु संग पुर्नमिलन हुन्छ । मिठो परिकार खाएर दशै मनाउँदै छु । 

झबिन्द्र देवकोटा 
लामो समयदेखी रेडियो पत्रकारितालाई पेशा बनाएर हिडेका झबिन्द्र देबकोटाको यसपालिको दशै विगतका वर्षमा जस्तै गरी मनाउँदै छन् । पत्रकार देवकोटाले यस वर्ष पनि घर,ससुराल र मामा घरमा गएर दशै मनाउने योजनामा छन् ।  

सुरेश परियार 
संचारकर्मी सुरेश परियार यस वर्षको दशै रमाईलो गरी मनाउँने योजनामा छन् । उनले घरमा बुवा आमा,दाई भाउजु संगै दशै मान्न आत्तुर छन् । दशैको दिन निधारमा टिका कानमा जमरा लगाई पिङ खेली मिठा मिठा परिकार खाएर दशै मनाउँछु । उनी भन्छन् दशै पर्वलाई आफ्नो गच्छे अनुसार मनाउन आग्रह गर्छु ।

  

प्रतिकृया दिनुहोस