२०७४ असोज ३१ मंगलबार / Tuesday 2017-10-17

11:56:41

Logo
Title
Image

सुपा देउराली मन्दिर

- असोज २४, २०७४

सैनामैना ।

नेपालको तिर्थ स्थल मध्ये एक हो सुपा देउराली मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको पहिचान हो ।

चारैतिर बाट चटन नै चटनले बनेको र हरिया पहाडका बिचमा रहेको छ । सुपा मन्दिर धार्मिक, सास्कृतिक र प्राकृतिक रुपले भरिपुणृ रहेको छ यहाँ दर्शन गर्न आउने भक्तजनहरुले स्वच्छ, सफा मनले मागेको कुरा देउराली माताले पुरा गर्छिन भन्ने जन आस्था र विश्वास रहेको छ यहाँ दैनिक भक्तजनहरुको भिड रहन्छ झण्डै ४,५०० फिटको उचाइमा अर्घाखाचँी जिल्लाको मध्ये रहेको छ ।

यस्को स्थापना २०४२ साल भएको थियो । मन्दिरको नजिकै एउटा ठुलो चटनमा मान्छे जस्तो छायाँ छ । भनिन्छ सुपा देउराली माताले लाहुरे टासेकी हुन् लाहुर जदा भाकल गरेर पुरा नगरि पटक पटक छल गरि हिड्दा माताले भिरमा टासेकी हुन भन्ने भनाइ छ । यो भिरलाइ लाहुरे टासीएको भिर भनिन्छ ।

यस मन्दिरमा बलि नचड्ने दिनहरु एकादर्शी औशी राम नवमी ऋषि पन्चमी शिबरात्री अष्ठतृर्तिया श्रीकृष्णा अष्ठमी हुन । सुपा मन्दिर हेर्दा अति सुन्दर छ अझ पछिको समयमा बाटो निर्माण गर्ने क्रममा मन्दिर नजिकको खाँची खोला दोभानमा नयाँ गुफा भेटिएको छ । गुफा बाहिरबाट हेर्दा सामान्य भए पनि भित्र शिव लिङ्ग, गणेश जस्ता विभिन्न कलात्मक दृष्य हरु पनि देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस