Logo
Image

युनियन रुपन्देहीद्धारा सैनामैनामा तिहार विशेष कार्यक्रम सम्पन्न

- कार्तिक १९, २०७५

सुरेश परियार // कांग्रेसको पक्षमा कलम चलाउने नेपाल प्रेस युनियन भएकाले यसलाई मजबुत बनाउन आवश्यक रहेको नेपाली काग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले बताउनुभएको छ ।नेपालीहरुको महान चार्ड दिपावलीको अवसरमा नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रुपन्देहीले आज सैनामैनामा आयोजना गरेको तिहार विशेष भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सो कुरा बताउनुभएको हो । प्रेस युनियनमा आवद्ध पत्रकारहरुको हकहितका लागी काम गर्न युनियन समितिलाई शर्माले आग्रह गर्नुभएको छ ।बर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठीत गर्न खोजको उपसभापति शर्माको आरोप छ । शर्माले देशमा विभिन्न हिंसात्मक गतिविधी भइरहदा पनि सरकार चुप लागेर बसेको आरोप लगाउनुभयो ।

 नेपाल शिक्षक संघ प्रदेश ५ महासचिबसैनामैना नगर सभापति राम प्रसाद अधिकारी,,कांग्रेस महासमिति सदस्य इन्द्र बहादुर जिसी,नगर सल्लाहाकार चित्र बहादुर केसी,कृष्ण पोख्रेल,सैनामैना नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष धन बहादुर कार्की लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।सैनामैना २ स्थित बाबरी रेष्टुरेण्डको हलमा आयोजित कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देही जिल्ला सभापति रेखा भुषालको अध्यक्षता,कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबारे प्रेस युनियनका पुर्व अध्यक्ष छवि पाण्डेले प्रकाश पार्नुभएको थियो ।युनियन सदस्य भुवन जिसीको स्वागत तथा कृष्ण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै आज युनियनले तिलोत्तममा नगरपालिकामा पनि शुभकामना कार्यक्रम गर्दै छ ।

प्रतिकृया दिनुहोस