Logo

डोल्पामा जीप दुर्घटना :१० जनाको ज्यान गयो, २ घाइते

- कार्तिक १९, २०७५

 डोल्पा – डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । ज्यान जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको  भे १ च १६ १० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको हो । 

बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ । 

प्रतिकृया दिनुहोस