Logo
Image

कुल मध्ये एक तृतांश बजेट शिक्षामा विनियोजन गरेका छौ : मेयर कार्की

- कार्तिक २०, २०७५

सुरेश परियार,
५ दिने आइसिटि तालिम उपलब्धिमुलक भएको तालिममा सहभागि प्रशिक्षार्थीहरुले बताएका छन् । आज समापन समारोहमा माध्यामिक तहका शिक्षक तथा तालिमका प्रशिक्षार्थीहरु यदुनाथ ज्ञवाली,ज्ञानेश्वर भण्डारी,हेमावती थापा लगायतले आफना सिकाई अनुभव सुनाउदै सिकेका कुरालाई ब्यवहारमा उर्ताने बताएका छन् ।उनीहरुले कम्प्यूटरको माध्यमबाट अध्यापन गराउन अझै सहज हुने विश्वास ब्यक्त गरेका छन् । प्रशिक्षार्थीहरुले आगामी दिनमा पनि थप स्तरीय तालिम ल्याउन आग्रह गरेका छन् ।

सोही अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर काकीले सिकेका कुरालाई ब्यवहारमा परिणत गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन तालिमको आयोजना गरिएको मेयर कार्कीले बताउनुभयो ।नगरको कुल बजेटको एक तृतांश बजेट शिक्षामा विनियोजन गरेको भन्दै मेयर कार्कीले सरकारी विद्यालयमा विधार्थीहरुको चाप बढ्नुपर्ने बताउनुभयो ।गुणस्तरीय शिक्षाको अभावले अपेक्षित अनुसार समाज अघि नबढेको जिकिर गर्नुभयो ।कार्कीले विद्यालयका भौतिक पुर्वाधारमा कमी आए तत्काल समाधान गर्ने छौ तर शिक्षाको गुणस्तरका लागी विद्यालयले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।

सैनामैना नगरपालिकाको आयोजनामा शिक्षक शिक्षीकाहरुको क्षमता अभिवृद्धि गर्न र शिक्षणमा प्रविधी भित्राउन गत १६ गते देखीे तालिम सुरु भएकोे हो ।सैनामैनाका १८ सामुदायिक विधालयबाट माध्यामिक तहका ४८ जनाले दोस्रो चरणको तालिममा सहभागि भएका हुन् । समापन कार्यक्रम सैनामैना वडा न.६ स्थित रामापुर माध्यमिक विद्यालयको कक्षाहलमा भएको कार्यक्रम सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको अध्यक्षता,शिक्षा शाखा प्रमुख धनीश्वर पन्थी लगायतको उपस्थिती रहेको थियो ।सैनामैना नगरपालिकाको आयोजनामा भएको तालिम माध्यमिक तहका शिक्षकहरुलाई सुचना,सञ्चार तथा प्रविधि सम्बन्धी तालिम दिइएको हो । तालिमको सहजीकरण प्रशिक्षक राकेश अग्रहरी र महेश अधिकारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस