Logo
Image

शान्ति सुरक्षा कायम गर्न तिहारका लागी ९ सय प्रहरी तैनाथ गरिएको छ : प्रहरी उपरिक्षक थापा

- कार्तिक २०, २०७५

सुरेश परियार,

नेपालीहरुको महान चार्ड तिहार पर्वलाई लक्षित गर्दै शान्ति सुरक्षा ब्यवस्था कडा बनाइएको रुपन्देही प्रहरी प्रमुख एसपि ह्रदय थापाले जानकारी दिनुभएको छ । पर्वको बेला अपराधी क्रियाकलाप हुन नदिन रुपन्देही जिल्ला भरी ९ सय प्रहरी तैनाथ गरिएको एसपि ह्रदय थापाले बताउनुभयो । एसपि थापाले मर्यादित र ब्यवस्थित तरिकाले यो पर्व मनाउन आग्रह गर्दै विभिन्न पटेकाजन्य सामाग्री विक्री वितरण र  प्रयोग भए विष्फोटक पदार्थ ऐन अनुसार कार्वाही गरिने चेतावनी दिनुभएको छ ।

यस्तै सवारी दुर्घटना र अपराधीक घटना हुन नदिन ट्राफिक चेकजाँचलाई कडा बनाइएको थापाले रेडियो मलमलालाई जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस