Logo
Image

सैनामैनामा सुविधायुक्त कटेज सहीतको क्याम्फायर सञ्चालनमा

- कार्तिक २१, २०७५

सुरेश परियार,
रुपन्देहीको सैनामैना ९ स्थित कुमारगडडीमा सुविधा सम्पन्न कटेज तथा क्याम्फायर आज देखी सञ्चालनमा आएको छ। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागी कटेज सञ्चालनमा ल्याएको सञ्चालक भिष्म अर्यालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।


नया सोचका साथमा यस क्षेत्रमा नभएको क्याम्फायरलाई विशेष रुपमा सुविधाजनक तरिकाले ब्यवस्थापन गरिएको बताउदै अर्यालले कुनै पनि पर्यटकहरु यस क्षेत्रबाट ्बाहिर नजाउन भन्ने अभिप्राय रहेको उनले बताए हो । करिब १० कटटा जग्गामा सञ्चालीत उक्त कटेज १५ लाख लागतमा निर्माण गरिएको हो ।
कटेजमा १० जना कर्मचारीलाई रोजगार प्रदान गर्दै आगमी दिनमा थप ब्यवस्थीत बनाउदै अघि बढ्ने सञ्चालक अर्याललको जोड छ । यस कटेजमा आउने ग्राहकले शान्ति वातावरणमा फरक परिकारका खानेकुराका स्वाद दिने बताउदै सवैलाई कटेज अवलोकनका लागी अर्यालले अपिल गरे ।

प्रतिकृया दिनुहोस