Logo

बुटवलमा हुने लुम्बिनी एक्स्पोको तयारी सुरु 

- कार्तिक २९, २०७५

 बुटवल ।

रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०७५,अन्तर्रा्ष्ट्रिय व्यापार मेला को आयोजना गर्ने भएको छ ।बुटवल मण्डपमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले यसको तयारी सुरु गरिएको जानकारी दिएको हो ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठका अनुसार मेलामा करिब ६०० स्टलको सहभागिता रहनेछ । ८ लाख बढि दर्शकको सहभागिता तथा करिब ५० करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ । यही मंसिरको दोस्रो हप्तादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थानान्तरण भई मेलाका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु आरम्भ गरिएको उनले जानकारी दिए ।

रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं। ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं।५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ ।
मेलामा स्वदेशी तथा बिदेशी गरेर करिव ६ सय हुनेछन् । विभिन्न प्रकृतिका वस्तुका स्टलमा राखिने छ । मेलामा अन्तर्रा्ष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिता रहने छ ।

प्रतिकृया दिनुहोस