Logo
Image

अमित परे उत्कृष्ट ७ मा 

- मङ्सिर १, २०७५

विष्णु खत्री,मंसिर १ सैनामैना 

नेपाल आईडलको सिजन २ मा प्रतिस्पर्धा गरिरहनुभएका अमित बराल उत्कृष्ट ७ मा पर्न सफल हुनुभएको छ । विहिबारको प्रस्तुतीको आधारमा निर्णयकको मत र दर्शकको मायाले बराल उत्कृष्ट ७ मा पर्न सफल हुनुभएको हो । रुपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय बरालले हजारौ प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गरी प्रदेश नं  ५ को प्रतिनिधित्व गरिरहनु भएको छ ।   

नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण सबैको मन जितेका अमित एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसक्नुभएको छ । प्रत्येक बिहिबार बेलुका ८ः ३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ७ मा पुगेका अमितलाई जिताउन यति बेला भोटको आवश्यक परेको छ । 

अमितका बुवा जिबन बरालले आफ्ना छोरालाई जिताउन सबैसँग भोटका लागि अपिल गर्नुभएको छ । अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । भोट हरेक हप्ताको विहीबार राति ८ः ३० देखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र गर्न सकिने जनाइएको छ । देश र बिदेशबाट Respect & Rise एप बाट पनि भोट गर्न सकिने छ । 

प्रतिकृया दिनुहोस