Logo
Image

रारा र फोक्सुन्डो ताल लाई विशेष तरीकाले प्रचारप्रसार गर्ने मुख्य मन्त्री शाहीको भनाई 

- मङ्सिर १२, २०७५


 डोल्पा ,
कर्णाली प्रदेश भित्र पर्ने मुगुको रारा र डोल्पाको फोक्सुन्डो ताल लाई कर्णाली प्रदेश सरकारले विशेष तरीकाले प्रचारप्रसार गर्ने कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । बुधबार डोल्पाको फोक्सुन्डो ताल परिसरमा भएको कर्णाली पर्यटन प्रवद्धन कार्याक्रममा मुख्य मन्त्री शाहीले यस्तो बताउनु भएको हो । मुगु र डोल्पा प्राकृतिक अनुपम भरिपुर्ण भएकोले यसलाई विश्व सामु चिनाउनको लागी यातायात र सन्चार सुविधा उपलब्ध गराउनको लागी आफ्नो तर्फबाट विशेष पहल गर्ने पनी मुख्य मन्त्री शाहीले बताउनु भएको छ ।

राज्य बाट व्यवस्थीत भएका कुरा आफ्नै घरदैलोमा उपलब्ध गराउनको लागी संघियता लागु भएको पनी मुख्य मन्त्री शाहीले बताउनु भयो । भौगोलीक विकट्ता रहेको डोल्पा जिल्ला थुप्रै प्राकृतिक खानी र पर्यटकीय स्थालहरु भएको तर मोटर बाटो नपुगेको हुदा सवैलाई ठाउँ मोटर बाटोको लागी प्रदेश सरकारले विशेष बजेट छुट्याउने मुख्य मन्त्री शाहीले बताउनु भयो । यस्तै डोल्पाको फोक्सुन्डो तालमा पुग्नु भएको उपराष्टपछी नन्द किशोर पुन,प्रतिनिधि सभाकी सँसद सत्या पहाडी,कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही,आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भन्डारीलाई डोल्पा जिल्ला बाट निर्वाचीत सँसद तथा कर्णाली प्रदेशका उधोग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढाले स्वागत गर्नु भएको थियो । सहभागी सँसद तथा मन्त्रीहरुले पर्यटन प्रर्वद्धनमा सवैले जोड दिए स्थानियलाई आयआर्जनमा बृद्धि हुनुको साथै जिविको पार्जनमा सलिजो हुने बताएका थिए ।

source :लेख बुढा

प्रतिकृया दिनुहोस