Logo
Image

टी–१० लिगमा सन्दीपको खराब प्रदर्शन

- मङ्सिर १४, २०७५

यूएई, मंसिर १४ 

यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् ।

सन्दिपको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सन्दीपले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।

यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।

प्रतिकृया दिनुहोस