Logo
Image

बुटवल – तानसेन सडकखण्ड मर्मतका लागि आजदेखि ६ घण्टा बन्द रहने 

- मङ्सिर १७, २०७५

मङ्सिर १७, बुटवल ।

सिद्धार्थ राजमार्गको बुटवल – तानसेन  सडकखण्ड मर्मत गर्न आजदेखि पर्सीसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द गरीने भएको छ ।

बुटवल – तानसेन  सडकखण्डको  चिडियाखोलादेखि भुतखोला सम्मको सडकमा रहेको ढंगा फुटाएर हटाउनुपर्ने भएकाले आज मंसिर १७ गतेदेखि पर्सी १९ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म बाटो बन्द गरेर काम गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

। डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणी आचार्यले सडकखण्डमा बाटो अत्याधिक बिग्रिएको र सडकमा अत्यधिक ढंगा रहेकाले ३ दिन बाटो बन्द गरेरै काम गर्न लागेको  जानकारी दिनुभयो।

३ दिनसम्म अत्यावश्यकीय सवारी एम्बुलेन्स वा त्यस्तै सवारी बाहेकका गाडीलाई बैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै असुबिधा प्रति दुख व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस