Logo
Image

न्याय नपाए सैनामैना आउनु : कार्की

- मङ्सिर १७, २०७५

सैनामैना । 

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले न्याय नपाए सैनामैनामा आउने वातावरण सिर्जना गर्न  आग्रह गर्नुभएको छ ।

नगरस्तरबाट दिईने न्यायलाई छिटो छरितो गरिने बताउदै कार्कीले न्याय नपाए सैनामैनामा बसाईसराई गरी आउने वातवारण सिर्जना गर्न आग्रह गर्नुभएको हो । आईतबारदेखि चितवनको सौराहामा आयोजना गरिएको  मेलमिलाप सम्बन्धी आधारभूत तालिमको उद्घाटन गर्दै उँहाले नगरपालिकाबाट दिईने न्याय सम्पादनलाई छिटोछरितो बनाईने बताउनुभयो ।

दिगो विकासको लागि दिगो शान्तीको आवश्यकता पर्ने भएकाले समाजमा मिलमिलापको अवाश्यकताबाट नै समाजमा न्याय दिलाउन सकिने नगर प्रमुख कार्कीले भनाई छ । न्याय ढिलो दिनु र न्याय नदिनु उस्तै भएकाले समयमा नै न्याय दिलाउनको लागि वडाबाट नै मिलमिलापको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

११ वटा वडा रहेको नगरपालिकामा वडा स्तरिय प्रारम्भिक मेलमिलाप समिति र नगर स्तरिय गरी १ सय ७ जनाको मेलामिलाप समिती रहेको छ । ८० हजार जनसख्या रहको नगरपालिकामा न्यायलाई छिटो छरितो रुपमा सम्पादन गर्नको लागि ११ वटै वडाका अगुवाहरुलाई तालिम दिईएको नगर उपप्रमुख विना रानाले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारीले नगरपालिकामा इजलास बनिसकेको जानकारी दिदै तालिम पछि इजलासबाट नै न्याय सम्पादनको कार्य शुरु गरिने बताउनुभयो ।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका जिल्ला उपासभापति फडेन्द्र प्रसाद शर्माले दलगत स्वार्थभन्दा माथि उठेर न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाका नगर संयोजक खुशीराम चौधरीले मेलमिलापबाट नै शान्ति समाज निमार्ण हुने बताउदै नगरपालिकाको लगानीलाई सदुपयोग गर्नको लागि आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहिका उपाध्यक्ष निरु गौतम, प्रमुख प्रशिक्षक चेतराज भट्ट, न्यायिक समिती सदस्यद्धय इश्वरी भण्डारी र सविता भुसाल भण्डारी लगाएतले नगरको न्याय सम्पादनलाई छिटो छरितो बनाउनुपर्नेमा जोड दिएका थिए ।
 

प्रतिकृया दिनुहोस