Logo
Image

प्रदेश ५ : सार्वजनिक लेखा समितिको बैठक बस्दै, बजेटबारे अर्थ सचिवसँग जानकारी लिइने

- मङ्सिर १७, २०७५

 मंसिर १७,बुटवल

प्रदेश ५ सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजित बजेट तथा सोको लक्ष्य र प्रगति, प्रदेश सरकार तथा स्थानीय तहको करको दर तथा दायरा सम्बन्धमा छलफल बैठकमा छलफल हुनेछ ।

प्रदेश सभा सचिवालयमा दिउसो २ बजे बस्ने बैठकमा अर्थ सचिव थानेश्वर गौतमलाई बोलाइएको छ। सचिवसँग सरकारले निर्धारण गरेका कर कार्यान्वयन, बजेट कार्यान्वयन लगायतका विषयमा जानकारी लिइने लेखा समितिका सभापति डिल्ली चौधरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस