Logo
Image

अपांगता दिवसको अवसरमा नमुना क्लबले गर्यो पुण्य काम 

- मङ्सिर १७, २०७५

सुरेश परियार,
सामाजिक क्षेत्रमा काम गर्दै आएको नमुना युथ क्लब सैनामैनाले विधार्थीहरुका लागी विभिन्न खेलकुद तथा नास्ता राख्ने टिफीन बक्स एक कार्यक्रमका विच सहयोग गरेको छ ।
सैनामैना ८ रामापुरमा रहेको सुस्त मनस्थिती बाल मन्दिरमा रहेका विधार्थीहरुलाई २७ औ अन्र्तराष्ट्रिय अपांगता दिवसको अवसरमा १० हजार बराबरको सामाग्री हस्तान्त्रण गरेको हो । सहयोग सामाग्री अन्र्तगत २५ थान नास्ता राख्ने टिफीन बक्स,२ वटा भलिबल,१ वटा फुटबल,१–१ वटा क्रिकेट ब्याट अनि बल,२ सेट ब्याटमिन्टन,चेषबोर्ड ३ थान,स्पिकीङ ४ पिस लगायतका सामाग्री प्रदान गरिएको हो ।

कार्यक्रम नमुना युथ क्लब सैनामैनाका अध्यक्ष महेश अधिकारीको अध्यक्षता,सैनामैना नगरपालिका शिक्षा शाखा उपसचिब रविन्द्र क्षेत्रीको प्रमुख आतिथ्यता तथा बाल मन्दिरका सस्थापक सदस्य लोक नाथ भुषाल र वडा न.६की कार्यवहाक अध्यक्ष लक्ष्मी पौडेलको विशिष्ट आतिथ्यता तथा रामापुर रिभाइबलका प्राधानाध्यापक कृष्ण प्रसाद शर्माको आथ्यितामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा क्लबका सल्लाहकार धनी प्रसाद शर्मा को स्वागत तथा सचिब सन्तोष खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस