Logo
Image

मोटरसाइकल तिनाउ नदीमा खस्यो, चालकको मृत्यु 

- मङ्सिर १८, २०७५

बुटवल,मंसिर १८ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन - सडकखण्डबाट आज बिहान मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका - ३ हेडवर्क्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल नदीमा खसेको थियो । दुर्घटनामा पाल्पाको तानसेन - ९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । 

दुर्घटनाको कारण खुलेको छैन । क्षेत्रीको शब फेला परेको छ ।

प्रतिकृया दिनुहोस