Logo
Image

सैनामैनाका प्रौढ महिलाहरुले A,B,C,D सिक्न थाले

- मङ्सिर १८, २०७५

सुरेश परियार,
पछिल्लो समययता अंगेजी भाषाको मोह प्रौढ महिलाहरुमा पनि बढ्न थालेको छ । सैनामैना नगरपालिका वडा न।५का ३० प्रौढ महिलाहरुले आज बाट अंग्रेजी भाषा सिक्न सुरु गरेका छन । रोटरी क्लब अफ बुटल डाउन टाउनको आयोजना तथा आर सि।सि सैनामैनाको संयोजनमा आज देखी २ महिना सम्म तालिम सुरु भएको हो ।उद्धघाटन कार्यक्रम आर सि।सि सैनामैनाका अध्यक्ष पितम्बर ज्ञवालीको अध्यक्षता, डाउन टाउन जोन १८का एजाज आलपको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक मन कुमारी राई र क्रिष्टल ल्यावेग्ज ईन्ष्टीच्यूटका निर्देशक तथा तालिमका प्रमुख प्रशिक्षक ऋषिराम न्यौपानेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


सोही अवसरमा बोल्दै डाउन टाउन जोन १८का एजाज आलपले विश्वमै सवैलाई साक्षर बनाउन रोटरी क्बलको अभियान अन्र्तगत सैनामैनाका प्रौढ महिलालाई अंग्रेजी साक्षर बनाउन यो तालिम आयोजना गरिएको बताउनुभयो ।यस्तै डाउन टाउनले सैनामैना क्षेत्रलाई केन्द्रमानी विभिन्न प्रशिक्षण दिदैआएको बताउदै आर सि।सि सैनामैनाका अध्यक्ष पितम्बर ज्ञवालीले आगमी दिनमा पनि सैनामैना क्षेत्रका विविध वर्गहरुलाई तालिम दिन आवश्यक रहेको औल्याउनुभयो ।

यसैगरि  ईन्ष्टीच्यूटका निर्देशक तथा तालिमका प्रमुख प्रशिक्षक ऋषिराम न्यौपानेले अंग्रेजी भाषा संसारले हेर्ने चस्मा र्भकाले यो भाषाको ज्ञान दिन ससारलाई स्पष्ट नदेखीने बताउदै  बृद्धाबृदहरुलाई पनि बर्तमान समयमा यो भाषा सिक्न आवश्यक रहेको बताउनुभयो ।उद्धघाटन कार्यक्रमको सञ्चालन जविन कक्षपतिले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस