Logo
Image

सवैको साझा सहकारीको तेस्रो साधारण सभा 

- कार्तिक ८, २०७४

सवैको साझा महिला बहुउदेश्य सहकारी सस्था सैनामैना ३ को तेस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरउपप्रमुख विना रानाले समाजको विकासका लागी महिला र पुरुष दुवैको सहकार्य आवश्यक रहेको बताउदै महिला हिंसा न्युनिकरण गर्न सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । 
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ३ का वडा अध्यक्ष रत्न बहादुर पौडेलले नगरपालिकाले युवा र महिला शशक्तिकरणका लागी नया कार्य योजना ल्याउदै जानुपर्ने बताउनुभयो । समाजको समग्र समृद्धका लागी सवै सहकारी आवद्ध सहकारी अभियन्ताहरुले सकारात्मक सोचका साथ स्वस्थ आनिवानीको विकास गर्नुपर्ने उहाले बतानुभयो ।
सहकारीले समाजको विकास,सामाजिक सद्भाव र नगरको समृद्धिका लागी नया सोचका साथ नौलो कार्यक्रमहरु सम्पादन गर्नुपर्ने बताउदै रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपानेले सृजनात्मक कामबाट महिला शशक्तिकरणमा टेवा पुग्ने बताउनुभयो ।
सैनामैना कार्यपालिका सदस्य सविता भुषाल,मुर्गिया हाटबजार टोल विकास सस्था अध्यक्ष मिरा क्षेत्री,सल्लाहकार धनमन्तरी थारु,सेयर सदस्य लक्ष्मी पोख्रेल,धनिकला कुंवर लगायतले बोल्नुभयो । 
यसैगरि कार्यक्रममा सस्था अध्यक्ष जमुना थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दैैसस्थाले हाल सम्म सामाजिक क्षेत्रमा धेरै योगदान पुत्याएको भन्दै आगमी दिनमा अझ प्रभावकारी रुपमा योजना बनाएर अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा बुद्धा सम्मान असल बचत कर्ता,असल ऋहण कर्तालाई सम्मान गरेको छ ।
सस्था अध्यक्ष जमुना थापाको अध्यक्षता,सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको प्रमुख आतिथ्यता तथा सस्था सल्लाहकार एवं वडा नम्बर ३का वडा अध्यक्ष रत्न बहादुर पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सस्था उपाध्यक्ष मायादेवी अधिकारीेको स्वागत तथा सचिब गंगा खाडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस