Logo
Image

अपाङ्ग आश्रमलाई सहयोग जुदाउँदै बुटवल साउथ 

- पौष ४, २०७५

मलमला अनलाईन । सैनामैना 

विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै आएको रोट्रयाक्ट क्लव अफ बुटवल साउथले यहि शनिबार अपाङ्ग आश्रमलाई सहयोग जुटाउन च्यारिटी सो गर्दै छ । बुटवल देविनगर स्थित नेपाल अपाङ्ग आश्रमका अपाङ्गता भएका ३२ जना बालबालिकालाई स्वीटर र बलङ्केट वितरण गर्ने उद्धेश्यले च्यारिटी सो गर्न लागिएको कार्यक्रम संयोजक युवराज बन्जाडेले जानकारी दिनुभयो । 

च्यारिटी सो राजमार्ग चौराहामा रहेको उदय दवारीका हलमा बिहान सवा ९ बजेदेखी सुरु हुनेछ । च्यारिटी सो मा जिरो फिल्म लाग्नेछ । क्लवका अध्यक्ष प्रकाश खरेलले बुटवल साउथले आयोजना गर्न लागेको च्यारिटि सो मा सम्पुर्ण रोटरी रोट्रयाक्ट क्लवहरुले सहयोग गर्नुहुन अनुरोध गर्नुभएको छ । टिकटको मुल्य रु.७ सय ५० रहेको छ । 

प्रतिकृया दिनुहोस