Logo
Image

रवि ओड बने दोस्रो नेपाल आइडल

- पौष ७, २०७५

काठमाडौं । 

दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणको अवसरसमेत हात पारेका छन् ।
पुर्ख्यौली घर अछाम भएका रवि अहिले कञ्चनपुरमा बस्छन् । उनले धनगढीमा भएको अडिसनबाट नेपाल आइडलको यात्रा सुरु गरेका थिए ।

उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशीको निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।

त्यसैगरी पोखराका बिक्रम बरालले दोस्रो तथा सुमित पाठकले तेस्रो स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चौथो स्थान ओगट्न सफल भइन् ।

पुल्चोकमा रहेको इञ्जिनियिरङ कलेजको मैदानमा भएको ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
 

प्रतिकृया दिनुहोस