Logo
Image

सिक्रि टल्काउँन दिदाँ ५० हजार बराबरको सुन नै गायब, ठगी गर्ने एक विदेशी नागरिक सैनामैनाबाट पक्राउ

- पौष २६, २०७५

सुरेश परियार,५० हजार बराबरको सुन गायव गर्ने एक विदेशी नागरिक सैनामैनाबाट पक्राउ परेका छन । सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४की तारा रेग्मीको डेढ तोला सुनको सिक्रि निशुल्क चम्काइदिने दाउमा भारत विहार प्रदेशमा बस्ने वर्ष १९का अमन कुमार शाहलाई बुधबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविन राज मैनालीले जानकारी दिए ।

प्रहरी निरिक्षक मैनालीका अनुसार तारा रेग्मीलाई ललाई पकाई गरि निशुल्क सिक्रि चम्काइदीन्छु भन्दै विभिन्न केमीकलहरु प्रयोग गरि सुन नै गायव गराइदिएको बताइएको छ ।पिडित रेग्मी भन्छीन“ हामीले एउटा सुन सम्बन्धी कम्पनी खोल्न गइरहेका छौ,त्यसैले निशुल्क तामा,चाँदी र सुन चम्काइदिन्छु भन्ने बहाना पारेर मलाई उसले ठगेको हो । सुन सफा गर्न दिएपछि केही समयमै उक्त सिक्रिमा सुनको मात्रा नै घटेको आशंकामा तौल गर्दा ८०.५ लाल नै गायव भएको पिडित रेग्मीले बताइन् ।

बुधबार सुनको बजार मुल्य एक तोलाको ६१ हजार दुई सय कायम छ ।उक्त सुनको बजार मुल्य अनुसार पनि अनुमानित ५० हजार बराबरको सुन गायव भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले बताएको छ । पक्राउ पर्ने शाहलाई ठगी मुद्धा दर्ता गरि कानुनी कारबाही अघि बढेको प्रहरी निरिक्षक मैनालीले जानकारी गराए ।
 

प्रतिकृया दिनुहोस