Logo
Image

रोटरी क्लव सैनामैनाद्धारा शैक्षिक सामाग्री वितरण

- पौष २७, २०७५

सैनामैना । 

विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लव अफ सैनामैनाले बिहीबार सैनामैनाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

सैनामैना ३ पर्सावल स्थित श्री जनज्योति आधारभुत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई २० थान झोला तथा स्टेशनरी सामना वितरण गरिएको क्लवले जनाएको छ । 

कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी खड्काले सामाजिक दायित्व बहन गर्दै क्लवले विद्यालयमा गरेको गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।  क्लवका स्रेकेटरी अशोक रानाको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोटरीयन पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस